गृहपृष्ठ सेयर बजार बढ्यो
सेयर बजार बढ्यो
सेयर बजार परिसूचक (नेप्से) १० अंकले बढेको छ । नेप्सेमा सूचीकृत होटलबाहेकका सबै समूह उकालो लागेपछि सोमबार समग्र बजार परिसूचक सकारात्मक बनेको हो । बैंक, बिमा, जलविद्युत, विकास बैंकलगायतका सबै समूह बढेपछि नेप्से १०.४३ अंकले बढेर ११७४.३७ अंकमा पुगेको छ ।
सोमबार जीवन बिमा ११०.८५, निर्जीवन ७५.५५, विकास बैंक १६.२२, लघुवित्त कम्पनी १५.०२, वाणिज्य बैंक ७.५४, अन्य ६.९७, उत्पादनमूलक ४.५७, जलविद्युत ३.९८ र वित्त समूह २.३६ अंकले बढेका छन् । होटल समूह भने २ अंकले घटेको छ ।
बजार बढे पनि कारोबार रकम भने बढ्न सकेन । सोमबार एक सय ५७ कम्पनीको १६ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ । यो कारोबार रकम आइतबारको तुलनामा करिब आठ करोड कम हो । आइतबार २५ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।
बढेको बजारमा आरम्भ माइक्रोफाइनान्स, ग्रिन डेभलपमेन्ट बैंक, बेष्ट फाइनान्स, महिला सहयात्रा लघुवित्त, बैंक अफ काठमाण्डू, एनआईबीएल समृद्धि फन्ड र नेपाल लाइफलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सर्पोट माइक्रोफाइनान्स, मल्टिपर्पोज फाइनान्स, नेपाल कम्युनिटी डेभलपमेन्ट, तिनाउ विकास बैंकलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
साउन १७ गतेपछि लगातार ओरालो लागेको सेयर बजार सोमबार उकालो लागेको हो । आइतबार नेप्से करिब १७ अंकले घटेको थियो ।
प्रकाशित समय १८:३९ बजे

















