गृहपृष्ठ भक्तपुरबाट हराएका शंकर तामाङ मृत भेटिए

भक्तपुरबाट हराएका शंकर तामाङ मृत भेटिए

 

भक्तपुरस्थित कमलविनायकबाट हराईरहेका शंकर तामाङ मृतअवस्थामा फेला परेका छन् । आइतबारदेखि हराइरहेका तामाङ मृत फेला परेका हुन् ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१४ का तामाङ सोमबार हनुमन्ते खोलामा मृत अवस्थामा भेटिएका हुन् । उनी भक्तपुर नगरपालिका–१४ स्थित भत्केको पाटीमा बस्दै आएका थिए । हनुमन्ते खोलाले बगाउँदै ल्याएको अवस्थामा तामाङको शव निकालिएको प्रहरीले जानकारी दिएको छ ।

मध्यपुरथिमी–४ शंखधरचोकस्थित चाणक्य कलेजको पछाडिबाट तामाङको शव निकालिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधकृत रेवतिरमण पोखरेलले जानकारी दिए । शव परीक्षणका लागि भक्तपुर अस्पताल लगिएको छ । त्यसै गरी मध्यपुर थिमी नगरपालिका ४ स्थित नेपाल कोरिया मैत्री अस्पताल नजिकको विष्णुकुण्डल पोखरीमा आइतबार सिन्धुपाल्चोक बराम्ची–३ घर भई हाल मध्यपुरथिमि– ७ भीमसेनचोक बस्ने १८ वर्षीय विवेक अधिकारीको डुबेर मृत्यु भएको छ ।

प्रकाशित समय १८:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु