गृहपृष्ठ सेयर बजार १० अंकले घट्यो

सेयर बजार १० अंकले घट्यो

share-sunday-newskarobar

आइतबार सेयर बजार ओरालो लागेको छ । गत साता बजार बढेको माैका छोप्दै अल्पकालीन लगानीकर्ताले प्रोफिट बुक गर्न थालेपछि बजारमा बिक्री चाप ह्वात्तै बढेका कारण सेयर बजार ओरालो लागेको हो ।

एक सातामै ५२ अंक उकालो लागेको बजार आइतबार १०.७९ अंकले घटेर १२१८.९८ अंकमा झरेको छ । बैंक, वित्त, बिमा, जलविद्युतलगायतका सबै समूह आरालो लागेपछि समग्र बजार परिसूचक नकारात्मक बनेको छ ।

सेयर बजार परिसूचक (नेप्से) सँगै कारोबार रकम पनि उल्लेख्य घटेको छ । गत साताको अन्तिम दिन बिहीबार ७९ करोड रुपैयाँको कारोबार भएको बजारमा ३२ करोड ७० लाख रुपैयाँको मात्र सेयर किनबेच भयो ।

प्रकाशित समय १९:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु