गृहपृष्ठ कृष्ण अधिकारी हत्या प्रकरणका १२ जनालाई सफाइ

कृष्ण अधिकारी हत्या प्रकरणका १२ जनालाई सफाइ

ganga-maya-newskarobar गंगामाया अधिकारी

चितवन जिल्ला अदालतले गोरखाका कृष्ण अधिकारी हत्याको अभियोग लागेका १३ प्रतिवादीमध्ये १२ जनालाई सफाई दिएको छ । अर्का एक जना प्रतिवादी फरार रहेकाले उनका सम्बन्धमा पछि निर्णय हुने फैसला भएको छ ।

गोरखाका कृष्ण अधिकारीको मावली घर जाँदा चितवनको रत्ननगरमा हत्या भएको थियो । सोही प्रकरणमा दोषीलाई कारवाहीको माग गर्दै उनका बाबु नन्दप्रसाद अधिकारी र आमा गंगामाया अधिकारीले लामो समय अनसन बसेका थिए ।

राजनीतिक वृत्तमा चर्चित बनेको यो घटनाले मुलुक नै तातेको थियो । उक्त प्रकरणमा ‘नागरिक समाज’ले अनावश्यक रुपमा निर्दाेशलाई दोषी देखाएको भन्दै व्यापक आलोचनासमेत भएको थियो ।

मावली गएका कृष्णप्रसाद अधिकारीको २०६१ जेठ २४ मा हत्या भएकामा त्यसको जिम्मा शसस्त्र संघर्ष गरिरहेको तत्कालीन माओवादीले लिएको थियो । हत्याको विरुद्ध उनका दाजु र बाबुले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

‘छोराको हत्यारा’लाई कारवाहीको माग गर्दै अनसन बसेका नन्दप्रसाद अधिकारीको अनसनकै क्रममा मृत्यु भइसकेको छ । उता गंगामायाले भने हालैमात्र लामो समयपछि अनसन तोडेकि छन् ।

प्रकाशित समय १९:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु