गृहपृष्ठ धितोपत्र बोर्डले सुरू गर्याे अनलाईन सेवा
धितोपत्र बोर्डले सुरू गर्याे अनलाईन सेवा
नेपाल धितोपत्र बोर्डले पूँजीबजारसम्बन्धी पर्याप्त सूचना दिन बुधबार नयाँ अनलाईन सेवा संचालनमा ल्याएको छ । लगानीकर्ताहरुका लागि पर्याप्त सूचना दिन नयाँ अनलाईन सेवा संचालन गरिएको बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले जानकारी दिए । बोर्डको अनलाईन सेवामा पूँजी बजारको समग्र जानकारी समावेश गरिएको उनको दाबी छ ।
उनले सबै प्रदेशमा बोर्डले आफ्नो शाखा कार्यालय विस्तार गर्ने तयारी गरेको जानकारी पनि दिए । चालू आर्थिक वर्षभित्र प्रदेश १ मा बोर्डको शाखा कार्यालय विस्तारको काम सम्पन्न गर्ने बोर्डको योजना रहेको उनले बताए ।
प्रकाशित समय १६:०३ बजे

















