गृहपृष्ठ नेप्से निरन्तर ओरालो, कारोबार रकम २४ करोडमा सीमित
नेप्से निरन्तर ओरालो, कारोबार रकम २४ करोडमा सीमित
साताको दोस्रो दिन सोमबार पनि सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । नेप्सेमा सूचीकृत सबै समूह ओरालो लागेपछि समग्र बजार परिसूचक (नेप्से) १०.५६ अंकले घटेर १२१६.९३ अंकमा झरेको हो । आइतबार पनि नेप्से १३ अंकले घटेको थियो ।
नेप्सेसँगै कारोबार रकममा पनि ठूलो गिरावट आएको छ । सोमबार १६० कम्पनीको २४ करोड ९१ लाखबराबरको ९ लाख ८७ हजार ३२१ कित्ता सेयर किनबेच भएको छ । आइतबार ३२ करोड ६४ लाखको सेयर कारोबार भएको थियो ।
घटेको बजारमा पनि रिडी हाइड्रोपावर, खानिखोला हाइड्रोपावर, साना किसान विकास बैंकलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् । सोमबार २ करोड ५७ लाखबराबरको गुराँस फाइनान्सको संस्थापक सेयर किनबेच भयो भने एनआईसी एसिया, प्रभु र जनता बैंक नेपालको एक करोड रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ ।
प्रकाशित समय १७:१७ बजे

















