गृहपृष्ठ सेयर बजारमा १७ अंकको गिरावट
सेयर बजारमा १७ अंकको गिरावट
सेयर बजार परिसूचक नेप्से साताको दोस्रो कारोबार हुने दिन सोमबार पनि दोहोरो अंकले घटेको छ । जलविद्युत, उत्पादनमूलक र वित्तबाहेकका सबै समूह ओरालो लागेपछि नेप्से परिसूचक १७.२६ अंकले घटेर ११८७.२८ अंकमा झरेको हो ।
नेप्से परिसूचकसँगै कारोबार रकम पनि ओरालो लागेको छ । सोमबार १६७ कम्पनीको ४० करोड रुपैयाँबराबरको ११ लाख ७९ हजार ४३ कित्ता सेयर किनबेच भएको छ । यो रकम आइतबारको तुलनामा करिब पाँच करोड कम हो । आइतबार ४५ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो ।
प्रकाशित समय १६:०२ बजे

















