गृहपृष्ठ सेयर बजार सामान्य घट्यो, २२ करोडको मात्र कारोबार
सेयर बजार सामान्य घट्यो, २२ करोडको मात्र कारोबार
सेयर बजार परिसूचक नेप्से साताको तेस्रो दिन मंगलबार सामान्य घटेको छ । आइतबार १० र सोमबार १७ अंक घटेको बजार मंगलबार १.३६ अंकले घटेर ११८५.९१ अंकमा झरेको हो ।
मंगलबार निर्जीव बिमा, जीवन बिमा र लघुवित्त समूह भने बढेका छन् । बाँकी सबै समूह ओरालो लागेपछि समग्र बजार परिसूचक नकारात्मक बन्यो । कारोबार रकममा भारी गिरावट आएको छ । सोमबार ४० करोडको कारोबार भएको बजारमा मंगलबार आधा घटेर २२ करोड ८५ लाखको मात्र सेयर किनबेच भएको छ ।
प्रकाशित समय १६:३१ बजे

















