गृहपृष्ठ आहा रारा ! (फोटो फिचर)
आहा रारा ! (फोटो फिचर)
कवि मबीबी शाहको वर्णन, ‘रारा कि अप्सरा ?’ सायद यही साहित्यिक उपमा पर्याप्त होला । किनारमै उभिएर वा छालहरुसँगै छचल्किँदै, या दुई घण्टा उकालो हिँडेर पुगिने मुर्मु पहाडको टुप्पोमा उभिएर । जहाँबाट हेरे पनि रारा अप्सराझैँ लाग्ने, रारा ‘सांग्रीला’झैँ लाग्ने । राराको जादुयी रुपले संसारै भुलाउँदो रहेछ, मैले यही अनुभव गरेँ ।
२ हजार ९ सय ७२ मिटरको उचाइमा अवस्थित रारा ताल १०.८ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ । मुगु जिल्लामा अवस्थित नेपालकै ठूलो यो ताल काठमाडौँबाट सडक मार्ग भएर बुटवल, दाङ, सुर्खेत, कालिकोट हुँदै पुग्न सकिन्छ । काठमाडौँ-नेपालगञ्जको करिब ५५ मिनेटको हवाइ यात्रा, त्यसपछि ३० मिनेटको अर्को उडानमा मुगुको ताल्चा विमानस्थल र त्यहाँबाट तीन घण्टाको पैदल यात्रापछि रारा पुग्ने छोटो मार्ग हो ।
प्रकाशित समय १५:४३ बजे




























