गृहपृष्ठ म्यानमारका राष्ट्रपति विन मिन्टलद्वारा लुम्बिनी भ्रमण
म्यानमारका राष्ट्रपति विन मिन्टलद्वारा लुम्बिनी भ्रमण
बुद्धको प्रतिमा उपहारस्वरूप प्रदान
म्यानमारका राष्ट्रपति विन मिन्टले बुधबार लुम्बिनीको भ्रमण गरेका छन् । उनलाई बुद्धजन्मस्थल लुम्बिनीमा नेपाल सरकारका तर्फबाट भव्य स्वागत गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी, प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश प्रमुख उमाकान्त झालगायतले उनको स्वागत गरे ।
बुद्ध एयरको विमान चार्टर्ड गरेर उनी ३६ जनाको टोलीसहित भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा अवतरण गरेका थिए । विमानस्थलबाट नेपाली सेनाको हेलिकप्टरबाट १६ जनाको टोली लुम्बिनी पुगेको थियो । बाँकी २० जना भने गाडीबाट बुद्ध जन्मस्थल पुगेका थिए ।
लुम्बिनीस्थित हेलिप्याडमा अवतरणपछिे राष्ट्रपति मिन्टले मायादेवी मन्दिरमा पूजाआजा गरेका थिए । नेपालका तर्फबाट बुद्धको प्रतिमा उपहारस्वरूप प्रदान गरिएको थियो । मायादेवी मन्दिरमा पूजाआजा र बिफ्रिङ सुनेपछि उनी म्यानमार सरकारले निर्माण गरेको पण्डिताराम ध्यानकेन्द्र पुगेका थिए । त्यसपछि म्यानमार सरकारले नै निर्माण गरेको गोल्डेन टेम्पलको समेत अवलोकन गरेका थिए ।
प्रकाशित समय २२:१४ बजे

















