गृहपृष्ठ पोखरा : हवाई मार्गबाट आउने पर्यटकको संख्यामा ३१ प्रतिशत वृद्धि

पोखरा : हवाई मार्गबाट आउने पर्यटकको संख्यामा ३१ प्रतिशत वृद्धि

tourist in pokhara

अघिल्लो वर्षको तुलनामा पोखरा आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । नेपालमा सन् २०१८ मा ११ लाख पर्यटकहरू आएको दावी भइरहँदा पोखरा आउने पर्यटकको संख्या अघिल्लो वर्षका तुलनामा ३१ प्रतिशतले वृद्धि भएको अधिकारीहरूले जनाएका छन् ।

पोखरामा सडक र हवाई मार्ग हुँदै पोखरा आउने पर्यटकहरु मध्ये हवाई मार्गबाट पोखरा आउने तथा पोखराबाट बाहिर जाने पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा ३१ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो वर्ष हवाई मार्गबाट पोखरा आवाज-जावात गर्ने पर्यटकको संख्या ४ लाख २९ हजार ८ सय ३५ रहेकोमा यस वर्ष त्यसमा ३१ प्रतिशत वृद्धि भई ६ लाख २३ हजार ५ सय ३८ पुगेको नागरिक उडड्यन कार्यालय पोखराका सूचना अधिकारी काशीनाथ पौडेलले जानकारी दिए । उनका अनुसार यस वर्ष अघिल्लो वर्षभन्दा १ लाख ९३ हजार ७ सय ३ जना बढी आन्तरिक तथा बाह्य पर्यटक हवाइ मार्गबाट पोखरा आवत-जावत गरेका हुन् ।

त्यसै गरी पोखरामा अघिल्लो सन् २०१८ मा आन्तरिक तथा बाह्य पर्यटकको सङख्यामा समेत वृद्धि भएको छ । सन् २०१७ को तुलनामा २०१८ मा २३.४५ प्रतिशतले विदेशी पर्यटकको सङख्यामा बृद्धि भएको छ ।

प्रकाशित समय १२:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु