गृहपृष्ठ सुदूरपश्चिम समृद्धिको आधार पर्यटन : चन्द्र ढकाल
सुदूरपश्चिम समृद्धिको आधार पर्यटन : चन्द्र ढकाल
आइएमई ग्रुपका अध्यक्ष एव नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन नै सुदूरपश्चिम समृद्विको आधार भएको बताएका छन् । कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम महोत्सवलाई सोमबार धनगढीमा सम्बोधन गर्दै अध्यक्ष ढकालले उक्त कुरा उल्लेख गरेका हुन् ।
अध्यक्ष ढकालले स्थानीय स्तरमा आयोजना हुने मेला महोत्सवले स्थानीय उत्पादनलाई चिनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘सुदूरपश्चिमका सम्भावनालाई अधिकतम उपयोग गर्न नेपालको निजी क्षेत्र तीनै तहका सरकारसँग सहकार्य गर्न तयार छ,’ उनले भने, ‘सुदूरपश्चिम क्षेत्र दक्षिणी छिमेकी मित्रराष्ट्र भारतको सिमानासँग धेरै नजिक रहेकाले यहाँ उत्पादन हुने वस्तु अन्तर्राष्ट्रिय बजारसम्म निर्यात गर्न पनि तुलनात्मक रुपमा सहज छ ।’
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेश सांसदहरु, स्थानीय जनप्रतिनिधिलगायत राजनीतिक दलका प्रतिनिधि र उद्योगी व्यवसायीको पनि उपस्थिति थियो । सन् २००१ मा स्थापना भएको आइएमई ग्र्रुपले रेमिट्यान्स, बैंकिङ, सूचना–प्रविधि, ऊर्जा, पर्यटन, अटोमोटिभ, इन्स्योरेन्स, ट्राभल, इन्फोटेन्टमेन्ट, हस्पिटालिटीलगायतका विभिन्न क्षेत्रमा लगानी विस्तार गरेको छ ।
प्रकाशित समय ०६:५५ बजे

















