गृहपृष्ठ भारतमा मध्यमवर्ग लक्षित २७० खर्ब भारुको बजेट
भारतमा मध्यमवर्ग लक्षित २७० खर्ब भारुको बजेट
भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आव २०२०/२१ का लागि मध्यम वर्गलाई लक्षित गर्दै २६९ खर्ब ८५ अर्ब भारु* ( ३ खर्ब ७९अर्ब ७७ करोड अमेरिकी डलरको बजेट पेश गरेकी छिन् ।
आफ्नो कार्यकालका दोस्रो बजेट पेश गर्दै सीतारमणले यस वर्ष वित्त घाटा ३.८ प्रतिशतमा सीमित राख्ने घोषणा गरिन । उनले शनिबार पेश गरेको बजेटमा आय २२ खर्ब ४६ अर्ब भारु (३ खर्ब १६ अर्ब ३ करोड अमेरिकी डलर)को रहने उल्लेख छ ।
बजेटमा आयकर छुटका यसअघि प्रावधानलाई कायम राख्दै प्रगतिशील कर प्रणाालीका घोषणा गरिएको छ, जसअन्तर्गत तल्लो आय समूह भएकाले कम र माथिल्लो आय समूह भएकाले बढी कर तिर्नु पर्नेछ ।
नयाँ करका दरअनुसार ५ लाख भारुसम्म आय हुनेले कर तिर्नुपर्ने छैन भने ५ देखि साढे लाखसम्म १० प्रतिशत, साढे ७ देखि १० लाखसम्म १५ प्रतिशत, १० देखि साढे १२ लाखसम्म २० प्रतिशत, साढे १२ देखि १५ लाखसम्म २५ प्रतितश र १५ लाखभन्दा माथिको आयमा ३० प्रतिशतको कर दर कामय गरिएको छ ।
बजेटमा कृषि, शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा लगानी बढाइएको छ । कृषि क्षेत्रका विकासका लागि मात्र १५ अर्ब भारु कृषि ऋण प्रदान गर्ने घोषणा गरिएको छ ।
*सच्याइएको- सं
प्रकाशित समय १४:२८ बजे

















