गृहपृष्ठ ताजा खबर
काठमाडौँ — पौष माहिनामा लगभग सबै जसो प्राईभेट क्लिनिक तथा सरकारी अस्पतालहरुमा विन्टर डाइरिया (झाडापखाला)ले पीडितहरुको संख्या निकै बढेको छ। नवजात शिशु र कम उमेरका केटा-केटीहरुको संख्या अझ बढी नै छ । गर्मियाममा हुने झडापखाला त्यति खतरनाक हुँदैन जति जाडोमा...
नेपाल जलस्राेतमा धनी देश भएता पनि वर्षेनी भारतसँगकाे परनिर्भरता बढ्दाे छ । याे वर्ष पनि अघिल्ला वर्षकाे तुलनामा भारतबाट अायात हुने बिजुलीकाे मात्रा बढ्ने भएकाे छ । विद्युत् प्राधिकरणले लोडसेडिङ हुन नदिन यस वर्षको हिउँदमा ४७० मेगावाटसम्म बिजुली आयात गर्ने...
नैरोबी, १६, रासस÷एएफपी÷सिन्ह्वा० ः केन्या र मेक्सीकोमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा परी कम्तीमा ४० जनाको मृत्यु भएको छ । एएफपी समाचार समितिले जनाएअनुसार केन्यामा आइतबार बिहान भएको दुर्घटनामा ३० जनाको मृत्यु भएको छ भने अरु १६ जना घाइते भएका छन् ।...
पुस १६ अर्थ मन्त्रालयले वैदेशिक सहायता परिचालन तथा मूल्याङ्कनसम्बन्धी तीनवटा प्रतिवेदन आज सार्वजनिक गरेको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विकास सहायता प्रतिवेदन २०७३÷७४, विकास सहायता मूल्याङ्कनसम्बन्धी प्रतिवेदन र संघीयतामा वैदेशिक सहायता परिचालनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्नुभयो । विकास सहायता...
पुस १६ - सातामा दुई उडान भर्दै आएको नेपाल वायुसेवा निगमले सोमबारदेखि थप दुई उडान भर्ने भएको हो । यसअघि निगमले आइतबार काठमाडौँ–सल्ले–नेपालगन्ज र सोमबार नेपालगन्ज–रुकुम–काठमाडौँ उडान भर्दै आएको थियो । बुधबार काठमाडौँ–सल्ले–नेपालगन्ज र बिहीबार नेपालगन्ज–रुकुम–काठमाडौँ उडान भर्ने निगमको रुकुम...
पुस १६- नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले रु नौ अर्बभन्दा बढी सञ्चित मुनाफा आर्जन गरेको छ ।आव २०७३÷७४ सम्मको अवधिमा नौ अर्बभन्दा बढी मुनाफा कमाएको आज बबरमहलस्थित क्यान परिसरमा आयोजित क्यानको १९ औँ वार्षिकोत्सवका अवसरमा सो जानकारी दिइएको हो ।क्यानका...
पुस १६ रुकुम–कास्की पोखरासम्म डिलक्स बस सेवा सञ्चालनमा आएको छ । पोखरासँग रुकुम पश्चिमलाई जोडेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यातायात सेवा सञ्चालन गरेको सानोभेरी यातायात सेवा समितिका महासचिव वीरबहादुर मल्लले बताउनु भयो । रुकुमबाट पोखरासम्म सिधा यातायात सेवा सञ्चालन नहुँदा...
पुस १६- पोखराको दी फूलबारी रिसोर्ट प्रालिलाई सर्वोच्च अदालतले राज्यलाई बुझाउनुपर्ने कर छुट दिन नमिल्ने फैसला सुनाएको छ । प्रधान न्यायाधीश गोपाल पराजुली र न्यायाधीश बमकुमार श्रेष्ठको संयुक्त इजलासले राज्यलाई बुझाउनुपर्ने मूल्य अभिवृद्धिकर र राजश्व करमा छुट दिन नसकिने फैसला...
पुस १६ -नेपाल विद्यार्थी संघले आइतबार काठमाडौंमा राष्ट्रिय एकता र मेलमिलाप दिवसका कार्यक्रम आयोजना गरयो । कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापतिले केन्द्रीय पदाधिकारी र विभागहरूलाई पूर्णता दिन नसकेको बताउनु भयो । उहाँले सभापति शेरबहादुर देउवाले १३ औं...
कृषि विभागले केके काम गर्छ ?, वैदेशिक रोजगार विभागमा कसरी सेवा लिने ? पासपोर्ट बनाउने फाराम कसरी भर्ने ? यिनै जानकारी सहितको सिंहदरबार एप सार्वजनिक भएको छ । यसलाई सार्वजनिक गर्ने संस्था सर्च फर कमन ग्राउण्डले यसलाई ‘सुशासन एप’ भनेको...











