गृहपृष्ठ ताजा खबर

‘संसद पुन:स्थापना भए त्यहीअनुसार गरौँला, चुनाव गरे चुनावमा जाऔँला’
‘संसद पुन:स्थापना भए त्यहीअनुसार गरौँला, चुनाव गरे चुनावमा जाऔँला’

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अदालतमा विचाराधीन मुद्दामा कांग्रेसले धारणा नबनाउने बताएका छन् । कांग्रेस रुपन्देहीले भैरहवामा सोमबार आयोजना गरेको विरोधसभामा पूर्वप्रधानमन्त्री देउवाले नेकपाको विवादका कारण कांग्रेसमा समेत समस्या आइरहेको बताए । 'जुलुसको आधारमा अदालतले निर्णय गर्ने हो...

नक्कली डाक्टर बनी सिफारिस गरेको अभियोगमा पक्राउ
नक्कली डाक्टर बनी सिफारिस गरेको अभियोगमा पक्राउ

नक्कली डाक्टर बनी सिफारिस गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३ कान्ति संगममार्ग बस्ने अर्घाखाँची मालारानी गाउँपालिका-८ घर भएका ३६ वर्षीय जितेन्द्र पन्थीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । नेपाल मेडिकल काउन्सिलबाट लिनुपर्ने स्थायी दर्ता प्रमाणपत्रको लागि निवेदन दिने क्रममा नियमअनुसार आवेदन फाराम...

अफगान सेनाको कारबाहीमा सात आइएस आतंककारी मारिए
अफगान सेनाको कारबाहीमा सात आइएस आतंककारी मारिए

अफगान सरकारी सुरक्षा बलले अफगानिस्तानको पूर्वी प्रान्त नाार्गाहारमा जारी राखेको बिशेष सुरक्षा कारबाहीका क्रममा इस्लामिक स्टेट्स् (आइएस) आतंककारी समूहका सात जना लडाकू मारिएका प्रान्तीय सरकारद्धारा सोमबार जारी विज्ञप्तिमा जनाएको छ । प्रान्तीय राजधानी जलालाबाद सहरको, बाहिरी इलाकामा रहेको घोच्को क्षेत्रमा...

पाकिस्तान र अष्ट्रेलियाका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश
पाकिस्तान र अष्ट्रेलियाका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि इस्लामी गणतन्त्र पाकिस्तान र अष्ट्रेलियाका राजदूतहरुले आज आआफ्ना ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति भवन, शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा पाकिस्तानी राजदूत सैद हैदर शाह र अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भल्कले प्रमाणपत्र पेश...

राष्ट्रिय महिला लिग : एपीएफ उपाधिनजिक
राष्ट्रिय महिला लिग : एपीएफ उपाधिनजिक

राष्ट्रिय महिला लिग फुटबलमा एपीएफ क्लब उपाधिनजिक पुगेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा नेपाल पुलिस क्लबलाई २-१ ले गोलले पराजित गरेपछि एपीएफको उपाधि सम्भावना थप बलियो बनेको हो । उपाधिका लागि अब एपीएफलाई एक जित मात्र आवश्यक...

संसद विघटन मुद्दामा निवेदकको जवाफी बहस सकियो, भोलिदेखि एमिकस क्युरीको राय
संसद विघटन मुद्दामा निवेदकको जवाफी बहस सकियो, भोलिदेखि एमिकस क्युरीको राय

प्रतिनिधि सभा विघटनविरुद्ध दायर भएका १३ रिटमाथिको सुनुवाइको क्रममा निवेदकका पक्षबाट जवाफी बहस सकिएको छ । सोमबार वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ, गाेविन्द बन्दी, कृष्णप्रसाद भण्डारी र टीकाराम भट्टराईसहितले निवेदकका तर्फबाट बहस गरेका थिए । यसअघि सरकारी पक्ष, सभामुख...

दूरसञ्चार प्राधिकरणद्वारा फाइभ जीको फ्रिक्वेन्सी निर्धारण
दूरसञ्चार प्राधिकरणद्वारा फाइभ जीको फ्रिक्वेन्सी निर्धारण

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा फाइभजीको फ्रिक्वेन्सी निर्धारण गरेको छ । प्राधिकरणअन्तर्गत रहेको राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरमले पहिचान गरेको फ्रिक्वेन्सी बोर्डले स्वीकृत गरेसगैँ फाइभजी सेवा विस्तारको बाटो खुलेको हो । प्राधिकरणले निर्धारण गरेको फाइभजीको फ्रिक्वेन्सी स्वीकृतिका लागि राष्ट्रिय रेडियो फ्रिक्वेन्सी नीति...

करिब ६ वर्षपछि बने सिंहदरबारका ‘तीन मोहडा’
करिब ६ वर्षपछि बने सिंहदरबारका ‘तीन मोहडा’

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित सिंहदरबार तीन मोहडाको उद्घाटन गरेका छन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पुनर्निर्माण सम्पन्न भएपछि आज उनले उद्घाटन गरेका हुन् । सो अवसरमा आयोजित...

उर्लियो नेप्से, ३७ कम्पनीको सकारात्मक सर्किट लेभलमा कारोबार
उर्लियो नेप्से, ३७ कम्पनीको सकारात्मक सर्किट लेभलमा कारोबार

सेयर बजार परिसूचक नेप्सेमा सोमबार उछाल आएको छ । आइतबार अंकले घटेको बजार सोमबार ९२ अंकले उकालो लागेको हो । बजार उचालिँदा ३७ कम्पनीको सेयर सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ । ११ कम्पनीको सेयरमा सर्किट लागेको छ । नेप्से...

‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिकाले सरकारको नियतमाथि गम्भीर प्रश्न उब्जियो’
‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिकाले सरकारको नियतमाथि गम्भीर प्रश्न उब्जियो’

नेपाली कांग्रेसले ‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका’ का नाममा संसदमा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई नयाँ स्वरुपमा ब्युँताइन लागेको भन्दै आपत्ति प्रकट गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत सामाजिक सञ्जाललाई नियमन गर्ने, मर्यादित र स्वस्थ बनाउने प्रश्नमा कसैको पनि...