गृहपृष्ठ सिरहा नगरपालिकाको बजेट ७६ करोड

सिरहा नगरपालिकाको बजेट ७६ करोड

सिरहा नगरपालिकाले चालु आर्थिक वर्ष २०७५÷७६ को लागि ७५ करोड ९१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

नीति तथा कार्यक्रमसँगै शनिबार नगरपालिकाको बजेट सार्वजनिक गरिएको हो । नगर उपप्रमुख डा. नमिता यादवले पूँजिगततर्फ वडा कार्यालयतर्फ १५ करोड ९० लाख, नगरपालिकातर्फ १२ करोड ८२ लाख रुपैयाँ छुट्याएको जानकारी दिइन् ।

चालूतर्फ वडा कार्यालयका लागि २ करोड १२ लाख, नगरपालिकातर्फ १० करोड ६३ लाख, विषयगततर्फ रु २४ करोड ६६ लाख र सामाजिक सुरक्षा तर्फ रु नौ करोड ७८ लाख रुपैयँ विनियोजन गरिएको छ ।

प्रकाशित समय १७:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु