गृहपृष्ठ प्रदेश १ सरकारले प्रदेश निजामती सेवा विधेयक प्रदेशसभामा लैजाने
प्रदेश १ सरकारले प्रदेश निजामती सेवा विधेयक प्रदेशसभामा लैजाने
प्रदेश १ सरकारले प्रदेश निजामती सेवा विधेयक प्रदेशसभामा लैजाने भएको छ । ‘संविधानमा भएको व्यवस्थाबमोजिम प्रदेश लोक सेवा आयोगको स्थापना भई कर्मचारी पदपूर्तिको बाटो खुला भएको छ,’ नीति तथा कार्यक्रम सार्वनजिक गर्दै शुक्रबार प्रदेश प्रमुख सोमनाथ अधिकारीले भने, ‘प्रदेश सरकारको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरी प्रदेश निजामती सेवा विधेयक प्रदेशसभामा पेस गरिनेछ ।’
त्यस्तै स्थानीय विकास प्रशिक्षण केन्द्र, कलबलगुडी, झापालाई प्रदेशमातहत ल्याई कर्मचारी र पदाधिकारीको क्षमता अभिवृद्धिको मुख्य केन्द्र बनाई सञ्चालन गर्न प्रदेश लोकसेवा आयोगमार्फत् आवश्यक कर्मचारी पूर्ति गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रकाशित समय २१:३२ बजे















