गृहपृष्ठ लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ३)
लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ३)
कुकुरसम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?
१. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वाेच्च नेता किम जङ उनबीच सिंगापुरको सान्तोष टापुस्थित होटल क्यापिलामा कहिले र कति समय भेटवार्ता भयो ?
– सन् २०१८ जुन १२ (३८ मिनेट)
२. नेपालको संविधानको कुन धारामा नागरिकका कर्तव्यहरुको व्यवस्था गरिएको छ ?
– धारा ४८
३. संयुक्त राष्ट्रसंघका हालका (नवाैं) महासचिव कुन देशका हुन् ?
– पोर्चुगल (एन्टोनियो गुट्रेस)
४. जगदुल्ला ताल कुन जिल्लामा पर्छ ?
– डोल्पा
५. नेपालको पहिलो नाटक ‘अटलबहादुर’का लेखक को हुन् ?
– पहलमानसिंह स्वाँर
६. ‘हाम्रो साझा भविष्य’ नामक प्रतिवेदन कहिले प्रकाशित भएको हो ?
– सन् १९८७
७. सार्कको पहिलो महासचिव को हुन् ?
– अब्दुल अहसन
८. उत्तरगंगा भनेर कुन नदीलाई चिनिन्छ ?
– सानो भेरी
१०. विश्वको सबैभन्दा पुरानो झण्डा कुन देशको हो ?
– डेनमार्क
११. ‘भगवान मेरो दर्शन हो’ कसको भनाइ हो ?
– स्वामी विवेकानन्द
१२. लिच्छवीकालमा कृषिमा लगाइने करलाई के भनिथ्यो ?
– भाग कर
१३. बास्केट बलमा कति खेलाडी हुन्छन् ?
– ५ जना
१४. कुकुरसम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?
– साइनोलोजी
१५. सूर्यको किरणमा भएका सबै रंगलाई मिसाउँदा कुन रंग बन्छ ?
– सेतो
१५. कुन वैज्ञानिक स्त्रीसँग डराउँथे ?
– हेनरी केभिन्डस
१६. दमले छातीमा असर गर्छ भने रेविजले शरीरको कुन भागमा असर गर्छ ?
– मस्तिष्क
१७. स्वास्थ्य सेवा दिवस कहिले मनाइन्छ ?
– फागुन १५ गते
१८. नेपालको पहिलो महिला उपप्रधानमन्त्री को हुन् ?
– शैलजा आचार्य
१९. सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला कुन हो ?
– सर्लाही (२० वटा)
२०. नेपालका गाउँपालिकाविहीन जिल्ला कुन–कुन हुन् ?
– काठमाडौं र भक्तपुर
प्रकाशित समय १७:५० बजे















