गृहपृष्ठ मुख्यमन्त्रीसँग विवाद गरेपछि स्थापितको मन्त्री पद खुस्कियो

मुख्यमन्त्रीसँग विवाद गरेपछि स्थापितको मन्त्री पद खुस्कियो

keshav-stapit

प्रदेश नम्बर तीनका भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई पदबाट बर्खास्त गरिएको छ । तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसँग विवाद गरेपछि मन्त्री पदबाट स्थापितलाई हटाइएको हो ।

बुधबार प्रदेश मन्त्रीपरिषद् बैठकमा मुख्यमन्त्री पौडेर र मन्त्री स्थापितबीच भनाभन भएको थियो । त्यसबखत स्थापितले पौडेललाई ‘अभद्र व्यवहार’ गरेको समाचार प्रकाशित भएका थिए ।

मन्त्रीपरिषद बैठकमा पौडेलले स्थापितले सम्हालेको मन्त्रालयको काम सन्तोषजनक नभएको बताएका थिए । त्यसलगत्तै प्रतिवादमा उत्रिएका स्थापितको पौडेलसँग भनाभन भएको थियो ।

मन्त्रीपरिषद् बैठकमै आफूसँग विवाद गरेपछि पौडेल स्थापितलाई मन्त्रीबाट हटाउने निस्कर्षमा पुगेका थिए । त्यसलगत्तै उनी पार्टी नेतृत्वसँग छलफल गर्न काठमाडौं आएका थिए ।

काठमाडौं आएका पौडेलले शुक्रबार शिक्षण अस्पतालमा उपचार गराइरहेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई भेट गरी उनको स्वास्थ्य स्थितिको बारेमा जानकारी लिएका थिए ।

सोही समयमा पौडेल र ओलीबीच स्थापितलाई हटाउने सम्बन्धमा पनि छलफल भएको हुनसक्ने अनुमान लगाइएको छ । स्थापितलाई हटाएपछि उक्त मन्त्रालय पौडेल स्वयंले सम्हाले बताइएको छ ।

प्रकाशित समय १६:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु