गृहपृष्ठ लोक सेवा आयोगले खुलायो १९२ नासुका लागि जागिर
लोक सेवा आयोगले खुलायो १९२ नासुका लागि जागिर
लोक सेवा आयोगले १९२ जना नायब सुब्बा (नासु) का लागि आवेदन माग गरेको छ । आयोगले बुधबार सार्वजनिक सूचना प्रकाशित गरी खुला र समावेशीतर्फ सातै प्रदेशका लागि दरखास्त आह्वान गरेको हो ।
आयोगले धनकुटा, जलेश्वर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र दिपायल कार्यालयका लागि दरखास्त आह्वान गरेको छ । नासुका लागि न्यूनतम दस्तुर तिरेर माघ १५ गतेसम्म र दोब्बर दस्तुर तिरेर माघ २२ गतेसम्म फाराम भर्न सकिनेछ ।
प्रकाशित समय ११:५२ बजे















