गृहपृष्ठ Flash News
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३६० जनामा पीसीआर परीक्षण गर्दा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा महिला ४० र पुुरूष ६५ छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ९४५ पुगेको...
बैतडीको दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया किशोरी भागरथीको हत्या प्रकरणमा महेन्द्रनगरबाट पक्राउ गरी एक जनालाई बैतडी लगिएको छ । सार्वजनिक पद धारण गरेका दोगडाकेदार गाउँपालिकाकै एक पुरुषलाई कञ्चनपुरबाट पक्राउ गरी बैतडी लगिएको हो । कञ्चनपुरको भीमदत्त नगरपालिका ऐठपुरबाट पक्राउ...
कोभिड-१९ महामारीका समयमा श्रम अधिकारको उल्लंघन भएको एक अध्ययनले देखाएको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)को सहयोगमा सञ्चालित 'संस्थागत सुधारमार्फत न्यायको पहुँच अभिवृद्धि' (एटुजे) परियोजनाद्वारा नेपाल उद्योग वाणिज्य महासंघसँग संयुक्त रूपमा गरिएको अध्ययनमा अधकांस उद्यमीहरूले महामारीको समयमा कर्मचारी...
सेयर बजार परिसूचक नेप्से मंगलबार अन्तिम १० मिनेटमा १७ अंकले बढेपछि समग्र बजार परिसूचक २६०१.५१ अंकमा उक्लिएको छ । दिनभर उतारचढावमय भएको नेप्से परिसूचक अन्तिम १० मिनेटमा तीव्र गतिले उकालो लागेपछि १५.५ अंकले बजार सकारात्मक बन्यो । आइतबार ३३ अंकले...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगले नेकपाको निर्वाचन चिह्न सूर्य ‘फ्रिज’ नगर्ने बताएका छन् । प्रेस संगठन चितवनले मंगलबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उनले सूर्य चिह्न फ्रिज गर्न नमिल्ने बताए । निर्वाचन आयोगले बहुमतलाई नै मान्यता...
मंगलबार सुनको मूल्य दुई सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन ९० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको मूल्य तोलाको ९० हजार सात सय रुपैयाँ थियो । तेजाबी सुनको...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केही समयभित्रै संयुक्त आन्दोलनमा दलहरू जाने बताएका छन् । मंगलबार बिहान चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरूसँग संयुक्त आन्दोलनबारे छलफल भइरहेको बताए । कांग्रेस सभापति शेरबहादुर...
हिमाली जिल्ला डोल्पाका दलित समुदायका महिलालाई छाक टार्नै मुस्किल हुने गरेको छ । अशिक्षा र चरम गरिबीले थलिएका उनीहरुलाई हरेक दिन छाक टार्ने कुराले नै पिरोल्ने गरेको छ । जिल्लाका अधिकांश दलित समुदायको अर्थावस्था कमजोर भएकाले दैनिक गिट्टी कुट्ने, ढुंगा...
सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जंक फुड’ खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’मा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा ‘जंक फुड’...












