गृहपृष्ठ राजनीति
असंवैधानिक ढंगले पुस ५ गते संसद विघटन गरेर मुलुकलाई नै राजनीतिक भुमरीमा धकेलेका प्रधानमन्त्री ओलीले चौतर्फी हस्तक्षेप र दबाब बढाउँदै लगेका छन् । संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतदेखि गैरकानुनी ढंगले संवैधानिक आयोगहरुमा पदाधिकारी नियुक्त गराएका ओली मंगलबार निर्वाचन आयोग कार्यालयमै...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव पक्षले सचिवालय बैठक बोलाएको छ । बैठक नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । बैठकमा अहिलेसम्मका आन्दोलनको समीक्षा र भोलि काठमाडौंमा गरिने सभाका विषयमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । संसद् पुनर्स्थापनाको मागसहित...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भ्रातृ संगठन राष्ट्रिय युवासंघको ओली समूह अध्यक्षमा बचनबहादुर सिंह चयन भएका छन् । यही माघ २५ र २६ गते काठमाडौँमा भएको संघको दोस्रो केन्द्रीय कमिटी बैठकले सिंहको अध्यक्षमा ५०१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध आयोजित विरोध प्रदर्शनलाई प्रभावकारी बनाउन नेताहरूको जिम्मेवारी तोकेको छ । नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का अध्यक्ष माधवकुमार नेपालको नेतृत्वले माघ २८ गते काठमाडौँको प्रदर्शनीमार्गमा आयोजना गर्ने...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओली रक्षात्मक अवस्थामा पुगिसकेको बताएका छन् । केही दिनअघि दरबारमार्गमा आयोजित सभामा न्यून उपस्थितिपछि ओली रक्षात्मक बनेको प्रचण्डको दाबी थियो । एकीकृत अखिल नेपाल शिक्षक संगठनद्वारा आयोजित कार्यक्रममा बोल्दै...
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्रनारायण निधिले मुलुकमा विद्यमान राजनीतिक संकटको निकास प्रतिनिधिसभाको प्राप्तिले मात्र हुने बताएका छन् । उनले सरकारको असंवैधानिक निर्णयबाट सिर्जना भएको राजनीतिक संवैधानिक सङ्कटको समाधान प्रतिनिधिसभाको प्राप्तिले मात्र हुने प्रष्ट पारे । कांग्रेस बुथ कमिटी बगहीले आइतबार वीरगञ्ज...
प्रदेश १ को प्रदेश सभा बैठक २ मिनेट बसेर स्थगित भएको छ । १८ दिनपछि आजका लागि बोलाइएको बैठक सत्ता पक्षकै सांसदहरूको अवरोधका कारण स्थगित भएको हो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केपी ओली समूहले बैठक अवरुद्ध गरेको हो ।...
नेपाली कांग्रेसका नेता डा. रामशरण महतले भण्डै दुईतिहाईको मत प्राप्त सरकारले पार्टीको आन्तरिक कलहका कारणले संसद् विघटन गर्नु दुःखद भएको बताएका छन् । नेपाली कांग्रेसका शुभेच्छुक संस्थाद्वारा संयुक्त रुपमा वीरगञ्जको घण्टाघरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले संसद् विघटनले मुलुकमा...
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई अस्थिरतातर्फ लैजान नहुनेमा जोड दिएका छन् । रिपोर्टस् क्लबले शनिबार दमौलीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा वरिष्ठ नेता पौडेलले देशमा स्थायित्व र समृद्धि आवश्यक रहेको बताए । नेपाली कांग्रेसले मात्रै देश विकास गर्नसक्ने दाबी...
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री वर्षमान पुनले ७० वर्ष लामो संघर्षबाट प्राप्त लोकतन्त्र गुम्ने खतरा रहेकाले सोको रक्षाका लागि अहिलेको दबाब र संघर्ष भइरहेको बताएका छन् । नेकपा कास्की सम्बद्ध बौद्धिक संघ संगठन तथा जनवर्गीय...











