गृहपृष्ठ प्रदेश २
सशस्त्र प्रहरी बल महोत्तरीले भन्सार छलेर भित्र्याउन लागेको करिब ६ लाख मूल्यको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बलको टोलीले बुधबार ३ बजे विशेष सुराकीका आधारमा एकडाँडा गाउँपालिका २ बाट भन्सार छलेर भारतबाट ल्याई परालको कुन्युमा लुकाएर राखेको...
धनुषामा गत वर्ष चिनी मिललाई बेचेको उखुको रकम नपाउँदा किसानहरु निकै चिन्तित बनेका छन् । किसानहरुले चिनी मिललाई गत वर्ष ०७५/७६ देखिको उखुको अनुदान रकमसमेत पाएका छैनन् । सिरहाको मिर्चौया नगरपालिकाको चन्द्रअयोध्यापुरमा अवस्थित हिमालयन चिनी मिल र महोत्तरीको गौशाला नगरपालिकाको...
सप्तरीबाट अपहरण गरी १५ वर्षीया बालिकालाई सुनसरी पुर्याएर बन्धक बनाई बलात्कार गरेको आरोपमा एक किशोरलाई १९ वर्ष चार महिना कैद सजायको फैसला भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४ मधवापुरका १८ वर्षीय किशोरलाई सप्तरी जिल्ला अदालतले कैद सजायका साथै जरिवाना...
सप्तरीसहित तराई–मधेशमा बाक्लो हुस्सु र कुहिरोसँगै अत्यधिक चिसो बढेको छ । तीन\चार दिनदेखि मौसममा एक्कासी परिर्वतन आएर चिसो बढेपछि जनजीवन कष्टकर बन्दै गएको हो । मंसिरको अन्तिम सातादेखि प्रदेश नं २ का आठ जिल्लामा बिहान र साँझ बाक्लो हुस्सु र...
एक बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरका ४० वर्षीय गेनाइ राम चमारलाई अदालतले सोमबार आठ वर्ष कैद सजाय गरेको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले थुनामा रहेका आरोपितलाई आठ वर्ष कैद सजाय तोकेको हो ।...
बोदेबरसाईन नगरपालिका- ३, कुशमारस्थित सार्वजनिक पोखरीमा माछा मार्ने बिषयमा दुई पक्षबीच आइतबार राति झगडा तथा कुटपिट हुँदा सोही ठाउँ बस्ने ४५ वर्षीया गंगिया देवी मण्डलको घटनास्थलमै मृत्यु भएको छ । उक्त घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।...
सप्तरीको डाक्नेश्वरी नगरपालिकामा कुटाइबाट मृत्यु भएका परिवारलाई नगरपालिकाले नगदसहित आर्थिक सहयोग प्रदान गरेको छ । वडा नं ६ कटैया गाउँमा भारतीय सिमानामा खेतमा बाली खाएको विषयमा झगडा हुँदा भारतीयको कुटपिटका कारण स्थानीय रामदेव यादवको तीन महिना अगाडि मृत्यु भएको थियो...
२०२४ सालमा सञ्चालनमा आएको जनकपुर विमानस्थलले करिब ५४ वर्षपछि मुहार फेरेको छ । साँघुरो र पुरानो टर्मिनल भवनमा यात्रुको चापले थेग्न नसक्ने अवस्थामा भएपछि विमानस्थलको स्तरोन्नति गरिएको हो । स्थापना कालमै निर्माण गरिएको जनकपुर विमानस्थलको पुरानो टर्मिनल भवन साँघुरो र...
रौतहटको राजपुर फरहदवामा करिब १३ वर्षअघि भएको बम विस्फोटका घाइतेको हत्या प्रकरणमा पूर्वमन्त्री आफताब आलमका भाइ महताब आलम प्रकाउ परेका छन् । पक्राउपछि उनले आरोप स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रदेश- २ प्रहरी कार्यालय जनकपुरधामका अनुसार प्रारम्भिक अनुसन्धानमा महताबले...
नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले जनताको संघर्षबाट पाखा लागिसकेको राजतन्त्र फर्काउने कसैको सपना पूरा नहुने बताएका छन् । पार्टी कार्यक्रमका लागि लहान पुगेका अध्यक्ष साहले मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै राजतन्त्र पुनः फर्काउन चलखेल सुरु भए पनि अहिलेका जनता सचेत...











