गृहपृष्ठ झन्–झन् बढ्दै डलर, १०८ रूपैयाँ पुग्यो
झन्–झन् बढ्दै डलर, १०८ रूपैयाँ पुग्यो
काठमाडौं- चैतदेखि निरन्तर बढ्न थालेको डलरको भाउ मंगलबार १०८ रूपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि बिक्री दर १ डलर बराबर १०८ रुपैयाँ ३२ पैसा तोकेको छ ।
भारतीय अर्थतन्त्र कमजोर भई भारुको अवमूल्यन हुन थालेपछि यसको असर नेपाली रुपैयाँमा परेको अर्थविदहरू बताउँछन् । नेपाली रूपैयाँ र भारूबीच स्थिर विनिमय दर कार्यान्वयनमा रहेकाले भारू कमजोर हुँदा नेपाली रूपैयाँ पनि कमजोर बनेको हो । भारतीय रिजर्ब बैंकले १ डलरबराबर ६७.३१ भारु तोकेको छ । भारुको बिक्री मूल्य दुई साताअघि १ डलरबराबर ६६.६९ रूपैयाँ थियो । गत पुस मसान्तमा डलरसँग नेपाली रुपैयाँ मजवुत भएको थियो । त्यसबेला डलर १ को खरिद विनिमय दर १०१ रुपैयाँ ५२ पैसा थियो ।
डलर बढ्दा डलर तिरेर आयात गरिने वस्तु तथा सेवाको लागत महँगो भई खुद्रा मूल्य बढ्छ । यसको प्रत्यक्ष भार उपभोक्तामा पर्छ । डलर बढ्दा पेट्रोलियम पदार्थ, हवार्इ टिकटलगायत वृद्धि हुन्छ ।
प्रकाशित समय १०:३६ बजे

















