गृहपृष्ठ बर्षकै कम तापक्रम
बर्षकै कम तापक्रम
पुस, १९- केही दिनयता मुलुकभर बढेको चिसोका कारण जनजीवन प्रभावित बनेको छ । काठमाडौं उपत्यकामा आज विहान पौने ६ बजे यो बर्षकै सबैभन्दा कम २ दशमलव २ डिग्रि सेल्सियस तापक्रम मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराई भेगमा दिनभर हुस्सु लाग्ने र राती तुसारो लाग्ने गरेको कारण तापक्रम घट्दा सार्वजनिक स्थलमा सर्वसाधारणको चहलपहल घटेको छ । उच्च पहाडी भेगमा हिमपात शुरु भएको छ । मुलुकभरको तापक्रम घटेसँगै अस्पतालहरुमा चिसोसँग सम्बन्धित बिरामीको संख्या बढ्दै गएको छ । विशेषरी निमोनिया, रुघाखोकी, छाला तथा दमका रोगीको संख्या बढेको अस्पतालहरुले बताएका छन् । मुलुकभर अझै चिसो बढ्ने सम्भावना रहेको मौसमविद् विभूती पोखरेलले जानकारी दिनुभयो ।
प्रकाशित समय ०६:११ बजे