गृहपृष्ठ अागामी जेठ १८ देखि बुद्ध एयरकाे विराटनगर-काठमाडाैं विहानी उडान हूँदै

अागामी जेठ १८ देखि बुद्ध एयरकाे विराटनगर-काठमाडाैं विहानी उडान हूँदै

काठमाडौं– बुद्ध एयरले जून १ (जेठ १८) बाट दैनिक विराटनगर–काठमाडौं बिहानी उडान सुरु गर्ने भएको छ ।

विराटनगरबाट बिहान ७ बजे उडान गरेर काठमाडौंमा ७ः४० मा जहाज अवतरण हुने कम्पनीले जनाएको छ। बुद्धले काठमाडौंबाट साँझ ६ बजे विराटनगरको उडान पनि थप गरेको छ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म त्रिभुवन विमानस्थलमा उडान अत्यधिक चापका कारण आन्तरिक उडानहरुमा ढिलाइ हुने गरेकाले साँझको उडान थपिएको जनाइएको छ ।

कामकाजीहरुलाई एक दिनमै काठमाडौंमा आफ्नो काम सकेर विराटनगर फर्किन साँझको उडानले सजिलो हुने अपेक्षा कम्पनीले लिएको छ । रात्रिकालीन उडान र अवतरणका लागि विराटनगरमा सोही अनुसार प्रविधि र रन-वे लाइट जडान भइसकेको कम्पनीले जनाएको छ ।

प्रकाशित समय ०८:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु