गृहपृष्ठ किन घट्यो सवारीसाधन र घरजग्गामा बैंकको लगानी ?
किन घट्यो सवारीसाधन र घरजग्गामा बैंकको लगानी ?
काठमाडौं- लगानीयोग्य पुँजीको अभाव हुँदै जाँदा बैंक तथा वित्तीय संस्थाको सवारीसाधन कर्जा (अटो लोन) र घरजग्गा कर्जा (रियल इस्टेट) प्रवाह घटेको छ । चालू आर्थिक वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने अटो लोन ६१ र घरजग्गा रियल इस्टेट कर्जा १२.४ प्रतिशत घटेको छ ।
चालू आवको ९ महिनामा वित्तीय संस्थाले १४ अर्ब ९० करोड रुपैयाँ अटोलोन प्रवाह गरेका छन् । गत वर्षको सोही अवधिमा वित्तीय संस्थाको अटोतर्फको लोन ३८ अर्ब ८९ करोड रुपैयाँ थियो ।
नेपाल राष्ट्र बैंकले अटो र रियल इस्टेट कर्जालाई अनुत्पादक क्षेत्र भनेर लगानीमा सीमा लगाएको छ भने यतिखेर वित्तीय संस्थासँग पनि लगानी योग्य रकम अभाव छ । कारोबार सुस्ताएसँगै प्रत्यक्ष असर अटो व्यवसायी र घरजग्गा व्यवसायीमा परेको छ । बैंकले थप लगानी नगर्दा गाडी र घरजग्गा कारोबारमा मन्दी नै आएको छ ।
समीक्षा अवधिमा घरजग्गा कर्जा प्रवाह पनि ओरालो लागेको छ । चालू आवको ९ महिनामा वित्तीय संस्थाले घरजग्गातर्फ १४ अर्ब ७६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आवको सोही अवधिमा १६ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित समय १७:२२ बजे

















