गृहपृष्ठ ढुंगेलको आममाफीप्रति गगन थापाको कडा प्रतिक्रिया
ढुंगेलको आममाफीप्रति गगन थापाको कडा प्रतिक्रिया

काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले बालकृष्ण ढुंगेलको आममाफीप्रति कडा प्रतिक्रिया दिएका छन् । ‘गम्भीर फौजदारी अभियोगमा दण्डित व्यक्ति जो अपराध स्वीकार्दैन बरु अदालतलाई चुनौती दिन्छ । के ‘राम्रो आचरण’ भनेर माफी दिन मिल्छ ?’ उनले प्रश्न गरेका छन् ।
अर्कोतर्फ, सर्वोच्च अदालतमा छलफलरत विषयमा निर्णय गरेर सरकारले अदालतलाई समेत हेपेको उनको टिप्पणी छ । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोग जेल सजाय भोगिरहेका ढुंगेलले सरकारको सिफारिसमा आज आममाफी पाएका छन् ।
प्रकाशित समय १६:०१ बजे