गृहपृष्ठ आर्थिक वर्ष २०७५/०७६ को बजेट मन्त्रिपरिषदबाट पारित
आर्थिक वर्ष २०७५/०७६ को बजेट मन्त्रिपरिषदबाट पारित
काठमाडौं- मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७५/०७६ को बजेट पारित गरेको छ । सिंहदरबारमा आज दिउँसो बसेको मन्त्रिपरिषद बैठकले अागामी अार्थिक वर्षको बजेट पारित गरेको सञ्चार तथा सूचना राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । त्यस्तै राज्यमन्त्री बास्कोटाले बैठकले बजेटसम्बन्धी विधेयक पेस गर्ने निर्णय गरेको बताए । सरकारले केहीबेरपछि आर्थिक वर्ष २०७५/७६ को बजेट ल्याउँदै छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् । त्यसका लागि उनी संसद भवन नयाँ बानेश्वर पुगिसकेका छन् । संसद भवन प्रवेश गर्ने क्रममा उनले बजेटको रातो रंगको ब्रिफकेस सार्वजनिक गरेका छन् । विगतका अर्थमन्त्रीले बजेटका लागि रातो रिबनले बाँधेको कालो ब्रिफकेस प्रयोग गर्ने गरेका थिए ।
प्रकाशित समय १६:०९ बजे

















