गृहपृष्ठ केन्द्र सरकारले कर्णाली प्रदेशलाई प्राथमिकतामा राखेन : प्रकाश ज्वाला
केन्द्र सरकारले कर्णाली प्रदेशलाई प्राथमिकतामा राखेन : प्रकाश ज्वाला
फाइल तस्बिर
सुर्खेत– कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले केन्द्र सरकारले कर्णाली प्रदेशलाई प्राथमिकतामा नराखेको आरोप लगाएका छन् । ‘कर्णालीको पूर्वाधार विकासलाई हामीले उच्च प्राथमिकतामा राखेका छौं,’ कर्णाली प्रदेशको प्रिबजेट छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले भने, ‘केन्द्र सरकारले के गर्छ भन्दा पनि हामी के गर्छौं त्यो ठूलो कुरा हो ।’
प्रि–बजेट छलफलमा भाग लिँदै सांसद पद्मा खड्काले बजेट कार्यान्वयनमा सबैभन्दा ठूलो समस्या रहेको बताइन् । ‘बजेट कार्यान्वयनमा कर्णाली सरकार पछि हट्नु हुँदैन,’ उनले भनिन्, ‘बजेट ल्याउने तर कार्यान्वयन नगर्ने कर्णाली सरकारकोे ठूलो समस्या हो ।’ त्यस्तै, सांसद धर्मराज रेग्मीले बजेट खर्चतिर सबैको ध्यान भएको तर बजेट विकासतिर कसैले ध्यान नदिएको बताए । आन्तरिक मामिला तथा योजनामन्त्री ज्वालाले प्रदेशको समृद्धिका लागि प्राथमिकता निर्धारणसँगै सांसदहरुका सुझाव सम्बोधन हुने गरी बजेट ल्याउने बताए । कर्णाली प्रदेश सरकारको प्रि–बजेट छलफल जारी छ । संसदको अर्को बैठक भोलि दिउँसो १ बजे बस्नेछ ।
प्रकाशित समय १८:५० बजे

















