गृहपृष्ठ पाल्पा दुर्घटना : १३ को मृत्यु, १० जना घाइते, सिङ्गो पाल्पा शोकमा

पाल्पा दुर्घटना : १३ को मृत्यु, १० जना घाइते, सिङ्गो पाल्पा शोकमा

बुटवल– पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको लु. २ ख ९७५ नम्बरको बस रम्भा गाउँपालिका–४, हुमिनमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
मृत्यु हुनेमा तानसेन–४ का विष्णुमान बज्राचार्य, तानसेन–३ का देवेन्द्रलाला प्रधान, तानसेन–३ का कृष्णमान बज्राचार्य, तानसेन–३ का छत्रमान शाक्य, तानसेन–६ का सुशीलप्रसाद श्रेष्ठ, तानसेन–४ का कृष्णबहादुर बोहोरा, तानसेन–६ का दुर्गाबहादुर सारु, तानसेन–२ का लोकनाथ ढकाल, तानसेन–३ का बसन्ती खाण, तानसेन–६ का गीता बुढाथोकी, तानसेन–३ का कमला कार्की रहेका छन् । एक जना महिलाको नाम खुल्न सकेको छैन ।
कमला कार्की लुम्विनी मेडिकल कलेजमा र सचिन बज्राचार्य मिसन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइते हुनेहरुमा तानपा–२ को प्रफुल्ल शर्मा, तानपा ६ का विमल रज्जन (सहचालक), तानपा ३ का उत्तमकुमार बज्राचार्य, तानपा २ का ओम मलेगो, मुना सारु, तानपा ६ की मिना खाम्चा, तानपा ६ कै अर्जुन थापा (चालक) र तानसेन कै पुनमाया महर्जन, शान्त बज्राचार्य, प्रविन बज्राचार्य रहेका छन् ।
प्रविन बज्राचार्य लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ भने अन्य ८ जनाको मिसन हस्पिटलमा उपचार भइरहेको छ । विद्युत अवरोधको कारण फोन सम्पर्क हुन नसक्दा घाइते र मृत्युको सम्पूर्ण विवरण प्राप्त हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत विनोद घिमिरेले बताए । दुर्घटनाको विवरण आउन अझै बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।
लक्ष्मी बचत तथा ऋण सहकारी संस्था तानसेनको अध्ययन भ्रमण टोली लिएर रामपुर जाँदै गरेको बस बिहान ९ः१५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । रातभर आएको अविरल वर्षाका कारण सडक चिप्लो भएकाले दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान रहेको प्रहरीको अनुमान छ । दुर्घटनापछि पूरै पाल्पा शोकमा डुबेको छ ।

प्रकाशित समय १५:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु