गृहपृष्ठ राष्ट्रकवि माधवप्रसाद घिमिरे फेरि अस्पताल भर्ना
राष्ट्रकवि माधवप्रसाद घिमिरे फेरि अस्पताल भर्ना

काठमाडौं- भारतमा उपचार गरेर फर्किएको भोलिपल्टै राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्पताल भर्ना भएका छन् । राष्ट्रकविको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । उनमा बाइल्याट्रल निमोनियाको समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
राष्ट्रकवि घिमिरे जेठ पहिलो सातादेखि बिरामी छन् । मुटु, मिर्गौला र फोक्समा समस्या देखिनुका साथै आन्तरिक रत्तश्राव भएपछि घिमिरे थप उपचारका लागि जेठ ९ गते भारत गएका थिए । भारतको मेदान्त अस्पतालमा उपचार गरेर राष्ट्रकवि घिमिरे शनिबार दिउँसो फर्किएका थिए ।
प्रकाशित समय १२:१३ बजे