गृहपृष्ठ नेताहरूकाे याेग्यतामा प्रश्न उठाउनेले सांसदलार्इ पढाउँदै
नेताहरूकाे याेग्यतामा प्रश्न उठाउनेले सांसदलार्इ पढाउँदै
काठमााडाैं- केही महिना अघि सरकार गठन र राष्ट्रपति तथा उपराष्ट्रपतिकाे निर्वाचनलगत्तै गत ८ चैतमा सामाजिक सञ्जाल ट्वीटरमा विश्लेषक अच्युत वाग्लेले वर्तमान राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुको शैक्षिक योग्यतामाथि प्रश्न चिन्ह उठाए । उनै वाग्ले अाज संघीय संसदका सदस्यहरूलार्इ पढाउँदै छन् ।
मुलुक सञ्चालनका लागि औपचारिक शिक्षा आवश्यक छ भन्ने मात्र होइन, उच्च ओहदामा रहेका तर नपढेका भनेर खिल्ली नै उडाए । ट्वीटरमा उनले लेखेका थिए । ‘नेपालको यो बिशेषता कारण छ्न । रास्ट्रपति IA फेल, प्रधानमन्त्री SLC फेल, उपराष्ट्रपति Test फेल र परराष्ट्र मन्त्री नौ कक्षा फेल तर तिनले नै सत्ता चलाउने देश बिरलै छ्न। उनीहरुको पदको रवाफ र बुद्धिको सर्कस देखाउने ठाँउ उद्घाटन समारोह भन्दा अर्को छैन ।’
यो ट्वीटले सामाजिक प्रयोगकर्तामाझ निक्कै चर्चा पायो । कतिपयले उनको समर्थन जनाए कतिपयले औपचारिक शिक्षासँगै अनुभव पनि महत्वपूर्ण छ भन्दै सर्टिफिकेटको फूर्ति नलगाउन आग्लेलाई सचेत गराए । वर्तमान सरकारका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पनि ट्वीटमार्फत आफूमाथि उठाइएको प्रश्नको भद्र प्रतिक्रिया फर्काए ।
तर उनै वाग्ले अहिले संघीय संसदका माननीयहरुलाई पढाउने एक दिने शिक्षक भएका छन् । संघीय संसद सचिवालयले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुका लागि दिन लागेको दुई दिने अभिमूखिकरण तालिममा वाग्ले प्रशिक्षक भएका छन् । उनले बुधबार ३२४ जना सांसदलाई संघीय संरचना र संसदको भूमिका शिर्षकमा संघीयता र संघीय शासन प्रणाली र संघीय प्रान्तिय तथा स्थानीय संरचनामा प्रशिक्षक दिनेछन् । औपचारिक शिक्षाविनाको राजनीतिक नेतृत्व भनेर आलोचना गरेका वाग्लेले सांसदहरुलाई प्रशिक्षण दिँदा औपचारिक शिक्षाको कुरामा बाेल्छन् या बाेल्दैनन् । त्याे भने केही वेरपछि नै जानकारी पाइन्छ ।
प्रकाशित समय ०८:०३ बजे

















