गृहपृष्ठ कुमारी, एभरेष्ट, सिटिजन्स तथा सिद्धार्थ बैंककाे वृक्षारोपण

कुमारी, एभरेष्ट, सिटिजन्स तथा सिद्धार्थ बैंककाे वृक्षारोपण

काठमाडाैं- विश्व वातावरण दिवसको अवसरमा बैंकहरुले विभिन्न क्षेत्रमा वृक्षारोपण गरेका छन् ।

नियामक नेपाल राष्ट्र बैंकले यस वर्षको विश्व वातावरण दिवसका अवसरमा ‘एक कर्मचारी एक फलफूल विरुवा’ अन्तर्गत रही सबै वित्तीय संघसंस्थाहरुलाई वृक्षारोपण गर्न आह्वान गरेको थियो ।

सोही अनुरुप कुमारी बैंकले नक्सालस्थित कार्यालय परिसर र त्रिभुवन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित बाबा आश्रम परिसरमा वृक्षारोपण गरेको छ। तिबाहेक विभिन्न शाखा आसपास क्षेत्रमा वृक्षारोपण गरिएको बैंकले जनाएको छ ।

एभरेष्ट बैंकले काठमाडौं महानगरपालिका वाड नं ३ र पिडिएसएसको समन्वयमा लाजिम्पाटदेखि महाराजगञ्जसम्म दुवैतर्फ सडक किनारामा वृक्षरोपण गरेको छ ।

सिद्धार्थ बैंकले महानगरिय प्रहरी वृत्त, दरवारमार्गको सहकार्यमा कान्तिपथ, दरवारमार्ग, रत्नपार्क, जमल र असनको ज्याठा लगायत विभिन्न स्थानहरुमा सरसफाइका साथै वृक्षारोपण गरेको छ ।

त्यस्तै सिटिजन्स बैंकले आफ्नो प्रांगढमा वृक्षारोपण गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीको उपस्थितिमा कर्मचारीहरुले वृक्षारोपण गरेको बैंकले जनाएको छ ।

यीबाहेक अन्य बैंकहरुले पनि विभिन्न क्षेत्रमा वृक्षारोपण गरेका छन् ।

प्रकाशित समय ०८:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु