गृहपृष्ठ खड्काकाे राजीनामापछि अापूर्तिमन्त्रीले भने- अब प्रतिस्पर्धाबाट नियुक्ति
खड्काकाे राजीनामापछि अापूर्तिमन्त्रीले भने- अब प्रतिस्पर्धाबाट नियुक्ति
काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले नेपाल आयल निगमको कार्यकारी निर्देशक अब प्रतिस्पर्धाका आधारमा नियुक्त हुने बताएका छन् । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले यस्तो बताएका हुन् ।
बिहीबारमात्रै नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले पदबाट राजीनामा दिएका थिए । ‘मन्त्रालयलाई काम गर्न सहज वातावरण बनाइदिनुभएकोमा उहाँलाई धन्यवाद छ,’ निगमलाई सबैको बनाउने सोच रहेको उल्लेख गर्दै उनले भने, ‘अब नेपाल आयल निगमलाई राम्रो बनाउने योजना छ । नेपाल आयल निगमप्रति अहिले राम्रो धारणा छैन ।’ उनले निगमको कार्यकारी निर्देशकको नियुक्तिको छलफल थाल्ने उल्लेख गर्दै अब प्रतिस्पर्धाको आधारमा नियुक्त गर्ने दाबीसमेत गरे ।
याे पनि पढ्नुहाेस् ।
देशी-विदेशी तत्व लागेकाे भन्दै अायल निगमका कार्यकारी निर्देशक खड्काले दिए राजीनामा
प्रकाशित समय १३:०६ बजे

















