गृहपृष्ठ बिरामी भेट्दा फलफुल होइन, पैसा !
बिरामी भेट्दा फलफुल होइन, पैसा !
{"caption":"u0935u093fu0930u093eu092eu0940 u092du0947u091fu094du0926u093e u0928u0917u0926u0940 u0916u093eu092e u0905u092du093fu092fu093eu0928 u0905u0928u094du0924u0930u094du0917u0924 u0932u0941u092eu094du092cu093fu0928u0940 u0905u091eu094du091au0932 u0905u0938u094du092au0924u093eu0932u0915u093e u0935u093fu0930u093eu092eu0940u0932u093eu0908 u0928u0917u0926u0940 u0916u093eu092e u0926u093fu0902u0926u0948 u0905u092du093fu092fu093eu0928u0915u0930u094du0924u093e u092eu0941u0915u094du0924u093fu092au094du0930u0938u093eu0926 u092au094cu0921u0947u0932 u0964 u0924u0938u094du0935u093fu0930 : u0915u093eu0928u094du0924u093fu092au0941u0930 u0964 ","photographer":"","alt_text":""}
बुटवल -विरामी भेट्न जाँदा तपाई के लैजानु हुन्छ ? धेरैको जवाफ हुन्छ फलफूल । त्यो फलफूल सबै विरामीका लागि उपयोगी नहुन सक्छ । विरामीलाई चाहिने चिज यौटा हुन्छ कोशेली लैजानेले थुपारिदिन्छ अर्कोथोक ।
यो चलन रोक्न बुटवलका एक युवाले विरामी भेट्न जाँदा नगद लैजाने अभियान थालेका छन् । स्वास्थ्य र युवा परिचालनका अभियन्ता मुक्तिप्रसाद पौडेलले यस्तो अभियान थालेका हुन् । गरीब विरामीलाई राहत होस् धेरै खर्च लाग्ने रोगीका लागि सहयोग जुटोस् भन्ने अभियानको उदेश्य हो ।
‘विरामी भेट्दा फलफुल होइन खाम’ अभियानको सुरुवात असोज २० बाट सुरु भएको हो । मुक्तिले लुम्बिनी अञ्चल अस्पतालका ४५ जना विरामीलाई २५० रुपैयाका दरले नगदी खाम दिंदै अभियान सुरु गरेका थिए । यसपछि उनी जो कोही विरामी भएर भेट्न जाँदा नगदी खाम बोकेर जाने गरेका छन् । एकैपटक घरमा नगदी खाम बोकेर जाँदा विरामी र उनका आफन्तले अप्ठ्यारो मान्लान् भनेर अस्पतालबाट सुरु गरेको मुक्तिले बताए ।
‘शुभेच्छुक वा शुभचिन्तक नभै विरामी भेट्न गइदैन । मनबाट हार्दिकता नआइ कोशेली किनिदैन । त्यसैले त्यस्तो कोशेली बिरामीको उपयोगी होस् । उसको आवशयकता पनि केही टरोस् भनेर नगदी खाम अभियान सुरु गरेको हुँ’अभियन्ता पौडेलले भने ।
मुक्ति एक्लैले सुरु गरेको अभियानमा अहिले २० युवा सक्रिय भएर लागेका छन् । सामाजिक सञ्जालमार्फत अभियान थालेका उनीहरुसमेत जो कोही विरामी भेट्न जाँदा नगदी खाम लैजान्छन् । यो अभियानको लक्ष्य त्यत्ति मात्रै होइन, अभियानका सदस्य बनाउने र दैनिक रुपमा विरामीलाई सहयोग जुटाउने यसको लक्ष्य हो । अभियानकर्ता मुक्तिले भने ‘कम्तीमा ३ सय ६५ जना सदस्य बनाउने छौं । हरेक दिन एक जनाले अस्पतालका विपन्न विरामीलाई नगद सहयोग गर्नेछ।’
त्यस्तो सहयोग जन्मदिन, स्मृति दिवस, वैवाहिक वर्षगाँठलगायतमा अनिवार्य गरिने छ । अहिले संस्थागत रुपमा वार्षिकोत्सव तथा स्मृति दिवसहरुमा अस्पतालका विरामीलाई फलफूल बाँड्ने चलन बढेको छ । संस्थागत रुपमा पनि विरामीलाई नगदी खाम बाँड्ने चलन बसाल्ने अभियानको लक्ष्य छ । ‘नगद भयो भने विरामीको उपचारदेखि खानपान सबै काममा उपयोग हुनेछ’ मुक्तिले सुनाए ‘विपन्नका लागि सच्चा सहयोग हुनेछ।’
घरमासमेत विरामी भेट्दा नगदी खाम दिने चलनले जो कोहि आफन्तले आफन्त विरामी हुँदा सहयोग लेनदेन गर्ने चलन बस्ने र आर्थिक भार कम हुने उनले बताए । यसले विरामीको उपचारकालागि रकम संकलन गर्न वा अन्यत्र उपचारकालागि लैजान पनि सहयोग पुग्ने अभियानको अपेक्षा छ ।
प्रकाशित समय ०६:०६ बजे

















