गृहपृष्ठ चमेलिया दोस्रो युनिटबाट बिजुली

चमेलिया दोस्रो युनिटबाट बिजुली

दार्चुला -३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको दोस्रो युनिटबाट परीक्षण उत्पादन बुधबारदेखि सुरु भएको छ ।

पहिलो युनिटबाट १५ मेगावाट उत्पादन गरिरहेकामा दोस्रो युनिटबाट उत्पादित बिजुली परीक्षणका लागि बुधबार बिहान ११ बजे राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजना प्रमुख अजय दाहालले जानकारी दिए । परीक्षण सुरु भएसँगै अबको दुई साताभित्र व्यावसायिक उत्पादन थालिने आयोजनाले जनाएको छ ।

दुईवटा युनिट सञ्चालनमा आएपछि दैनिक छघण्टा (बिहान र साँझ ६ देखि ९ बजेसम्म) पूर्ण क्षमतामा ३० मेगावाट विद्युत् उत्पादन हुने आयोजना प्रमुख दाहालको भनाइ छ ।

पुस अन्तिम सातादेखि सञ्चालन भएको पहिलो युनिटले अहिले माग बढी हुने बिहान र सााझको तीन/तीन घण्टा १५ मेगावाट र अन्य समयमा १० देखि १४ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । निर्माण सम्पन्न ३० मेगावाटको आयोजनामा १५ मेगावाट क्षमताका दुई वटा युनिट राखिएका छन् ।

प्रकाशित समय ०४:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु