गृहपृष्ठ मन्त्रिपरिषद् बैठकः केन्द्रमा प्रधानमन्त्रीसहित १८ मन्त्रालय
मन्त्रिपरिषद् बैठकः केन्द्रमा प्रधानमन्त्रीसहित १८ मन्त्रालय
काठमाडौं, ११ फागुन । सरकारले केन्द्रमा मन्त्रालयहरुको संख्या घटाएर १७ वटामा सीमित गरेको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले यसअघि ३० वटा रहेको मन्त्रालयलाई १७ वटामा झार्ने निर्णय गरेको वातावरणमन्त्री लालबाबु पण्डितले जानकारी दिनुभयो ।
अब केन्द्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित १८ वटा रहनेछन् । यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त हुनुभएको छ ।
मन्त्रिपरिषद बैठकले एमाले पोलिटव्यूरो सदस्य रिमाललाई प्रमुख सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो । रिमालले ओलीको अघिल्लो कार्यकालमा पनि राजनीतिक सल्लाकारको भूमिका निर्वाह गर्नुभएको थियो ।
प्रकाशित समय ०४:२३ बजे