गृहपृष्ठ ५ खर्ब बजेट अपुग हुने अनुमान, खतिवडाले कसरी गर्दैछन् व्यवस्थापन
५ खर्ब बजेट अपुग हुने अनुमान, खतिवडाले कसरी गर्दैछन् व्यवस्थापन
काठमाडौं । चालु आर्थिक वर्षमा घाटामा चलिरहेको अवस्थामा अर्थमन्त्री डा.युवराज खतिवडाले ५०० अर्ब रूपैयाँको रकम अपुग हुने बताए। गत वर्षबाट १०२ अर्ब सञ्चित रहने आधारमा बजेट बनाइएको र ४८ अर्ब रुपैयाँ माइनस रहेको कारण र अन्य खर्च पनि बढेपछि ५०० अर्ब अपुग हुने प्रतिक्रिया अर्थमन्त्रीले दिए।
उनले स्रोत नखुलेको र बढी दायीत्व भएका ५ खर्ब रुपैयाँ भन्दा बढी भार पर्ने स्रोत नै नभइ बजेट निर्माण गरिएको छ । त्यसबाट डेढ खर्ब रुपैयाँ अपुग हुने छ, दायीत्व थप डेढ खर्ब पुग्ने ५ खर्ब रूपैयाँ भन्दा बढी स्रोत व्यवस्थापनको दायीत्व बुधबार गरिएको बजेटको अर्धवार्षिक समिक्षामा अर्थमन्त्री खतिवडाले भने।
त्यस्तै अर्थमन्त्रालय बजेट महाशाखा प्रमुख निर्मलहरी अधिकारीले ३ खर्ब भन्दा बढी गैर बजेटरी माग आएको बताए स्रोत व्यवस्थापन साच्चिकै चुनौतिपूर्ण रहेको छ अधिकारीले भने।
कसरी गर्दै छ व्यस्थापन
अर्थमन्त्रालयले बजेटको स्रोत व्यवस्थापनको लागि चार किशिमका उपाय अवलम्वन गर्ने छ।
अर्थसचिव शंकर अधिकारीका अनुसार चालु खर्च घटाउने, भन्सार चुहावट न्युनिकरण गर्ने, सामाजिक सुरक्षाको खर्चमा दोहरोपन हुन नदिने र सरकारी कोषमा थुपारिएको रकम खर्च गर्ने विधी अपनाउने छ।
जस अनुसार नयाँ स्थपना हुन थालेका कार्यालय बाहेक अन्य कम्प्युटर, ल्यापटप, फर्निरचर तथा फर्निसिङका सामाग्री किनीने छैन्। जसबाट ३५ देखि ४० अर्ब रुपैयाँ बजेट कम खर्च गर्ने लक्ष्य अर्थको छ। त्यस्तै अपांग भत्ता लगेको व्यक्तिलाई वृच भट्त्ता वा वृद्वा भट्टा लगको व्यक्तिले अपांग भत्ता जस्तो दोहोरो हुनेगरी गरेका भत्ता कटौति गर्ने कार्यमा अर्थ लागेको सचिव अधिकारीले बताए।
पुनर्निर्माण कोष लगायतका कोष रकम भएको तर खर्चमा नरहेको रकम सरकारी खातामा तानेर खर्चको व्यवस्थापन गर्ने योजना अर्थको रहेको छ। चालु आर्थिक वर्षको लागि १२ सय ७९ अर्बको बजेटमध्ये ८४ प्रतिशत १० खर्ब ८३ अर्ब रुपैयाँ बजेट खर्च गर्ने लक्ष्य राखेको छ।
आर्थिक वृद्धिदर र मुद्रास्फ्रितमा संसोधित प्रक्षेपण
चालु आर्थिक वर्षमा ७.२ प्रतिशतको आर्थिक वृद्धिको प्रक्षेपण सरकारले गरेकोमा अर्थमन्त्रालयले प्रक्षेपण संसोधन गरी प्रक्षेपण गरेको छ। बजेटको अर्धवार्षिक समिक्षासम्मको देखिएको तथ्यांक केलाएर ६ प्रतिशको आर्थिक वृद्धिको संसोधित प्रक्षेपण सरकारले राखेको हो।
नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले अपेक्षाभन्दा धानको उत्पादनमा केही कमी आउने भएको कारण लक्ष्य अनुसार आर्थिक वृद्धि नहुने बताए। धानको उत्पादनमा केही कमी आउन सक्ने कारणले गर्दा ६ प्रतिशको आर्थि वृद्धि हुने देखिएको होु गभर्नर नेपालले भने।
त्यस्तै अर्थमन्त्रालयले मुद्रास्फितीदर पनि थप नियन्त्रण हुन सक्ने आंकलन गरेको छ। यसअघि ७ प्रतिकोको मुद्रास्फितीदर कायम रहेन अनुमान गरिएकोमा संसोधित अनुमान अनुसार ६ प्रतिशतको नियन्त्रणमा मूल्यवृद्धि रहेने छ।
प्रकाशित समय २२:३० बजे