गृहपृष्ठ चिकित्सा सेवामा जनताप्रति समर्पित भई काम गर्न आग्रह
चिकित्सा सेवामा जनताप्रति समर्पित भई काम गर्न आग्रह
स्वास्थ्य क्षेत्रलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाउने र स्वास्थ्य सेवामा हेलचेक्राई कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै नेपाल र नेपालीको सेवामा समर्पित हुन निर्देशन दिए । उपचारलाई प्रभावकारी बनाउनु पर्ने स्वास्थ्य क्षेत्र जस्तो कुरामा लापरवाहि नगर्न पनि निर्देशन दिए ।
ओलीले कुनै पनि नेपाली उपचारको लागि मुलुक बाहिर जाने परिस्थितिको अन्त्य गरीने र त्यसको थालनी पनि आफैबाट गरीने बताए । अबको नेपाल गतिशिल नेपाल भएको भन्दै ओलीले कुनै पनि वाहनामा आलटाल र गुणस्तरमा सम्झौता नहुने प्रष्ट पारे । शिलान्यास गरेको भवन तोकीएकै मितिमा उद्घाटन हुनु पर्ने भन्दै उहाँले तलमाथि भए कारवाहि गरीने, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर गणेशराज गुरुङले २ अर्व ८५ करोडको लागतमा निमार्ण हुने भवन २ बर्ष भित्र निमार्ण भई सक्ने बताए । ६ सय ५० शैयाको सर्जिकल भवन ९ तलाको आधुनिक औजार र प्रविधियुक्त हुने छ ।
प्रकाशित समय १५:०८ बजे