गृहपृष्ठ कुनैपनि स्थानमा यातायात बन्द छैन : मध्य उपत्यका बस व्यवसायी संघ
कुनैपनि स्थानमा यातायात बन्द छैन : मध्य उपत्यका बस व्यवसायी संघ
काठमाडौं । मध्य उपत्यका बस व्यवसायी संघले कोटेश्वर पूर्व लगायत कुनैपनि स्थानमा यातायात सेवा बन्द नरहेको स्पष्ट पारेको छ । संघले विज्ञप्ति जारी गर्दै कोटेश्वर पूर्व यातायात समन्वय समितिले गरेको आन्दोलनमा कुनैपनि संलग्नता नरहेको स्पष्ट पारेको हो । संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, मध्य उपत्यका बस व्यवसायी संघ तीन वर्षदेखि कोटेश्वर पूर्व यातायात समन्वय समितिमा आबद्ध नरहेको जानकारी गराउँछौं । कोटेश्वर पूर्व समन्वय समिति र सोमा आबद्ध संघ समितिहरुले गरेको चरणबद्ध आन्दोलनको कार्यक्रममा यस संघको कुनै प्रकारको संलग्नता छैन ।केहीदिन देखि कोटेश्वर पूर्व यातायात समन्वय समितिसँग आबद्ध संघ संस्थाहरुले मयुर यातायात प्रा.लिको कोटेश्वर पूर्व भेगको सडक ईजाजत पत्र खारेजीको माग राखी आन्दोलन गर्दै आएका छन् । यस आन्दोलनमा आफूहरुको कुनैपनि संलग्नता नरहेको संघले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।
प्रकाशित समय १६:४७ बजे

















