गृहपृष्ठ भोलिदेखि सुशील कोइराला क्यान्सर अस्पताल सञ्चालनमा

भोलिदेखि सुशील कोइराला क्यान्सर अस्पताल सञ्चालनमा

तीन प्रदेशका जनता स्वास्थ्यउपचारकाे सहज पहुँचमा पुग्ने

फाइल तस्बिर

बाँके जिल्लाको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले भोलि सोमबारदेखि ओपिडी सेवा शुरु गर्ने भएको छ ।

ओपिडी सेवा सञ्चालनका लागि अस्पताल व्यवस्थापन समितिले चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको व्यवस्थापन र सबैखाले उपकरण जडान गरिसकेको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष किस्मतकुमार कक्षपतिले सोमबार स्वास्थ्यमन्त्री उपेन्द्र यादवले ओपिडी सेवाको शुभारम्भ गर्ने कार्यक्रम तय भइसकेको जानकारी दिए ।

सरकारबाट १०० शैय्याको मान्यता पाएको अस्पतालले पहिलो चरणअन्तर्गत ५९ शैय्याबाट आफ्नो सेवा प्रारम्भ गर्ने जनाएको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कक्षपतिका अनुसार, अस्पताल निर्माणमा अहिलेसम्म रु ३५ करोड खर्च भइसकेको छ भने चालू आर्थिक वर्षका लागि सरकारले अस्पताल सञ्चालनका लागि रु १८ करोड बजेट विनियोजन गरेको छ ।

यो अस्पतालको सेवा प्रारम्भ भएपछि प्रदेश ५, ७ र कर्णाली प्रदेशका नागरिकलाई स्वास्थ्य सेवा पाउन सहज तथा सस्तो हुने बताइएको छ ।

प्रकाशित समय ०८:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु