गृहपृष्ठ पार्टी एकता गर्न तीव्र छलफल भईरहेको छ : प्रचण्ड
पार्टी एकता गर्न तीव्र छलफल भईरहेको छ : प्रचण्ड
काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी बैंशाख ९ गते एमालेसंग पार्टी एकता गर्नेगरि छलफल तिव्र भईरहेको बताएका छन् ।
माओवादी संसदीय कार्यालय सिंहदरबारमा बुधबार बसेको माओवादी संसदीय दलको बैठकमा एकता प्रक्रियाका बारेमा जानकारी गराउदै अध्यक्ष प्रचण्डले एकताका लागी गृहकार्य तिव्र रुपमा भईरहेको बताएका हुन् । बैठकमा अध्यक्ष दाहालले कार्यदलबाट प्रतिवदेन प्राप्त भईसकेको अवस्थामा आन्तरिक अध्ययन गर्दे बिहीबार पार्टी एकताको मिति औपचारिक रुपमा सार्वजनिक गर्ने तयारी भईरहेको जानकारी दिए । आगामी वैशाख ९ गते पार्टी एकीकरणको तयारी भएपनि माओवादी केन्द्रले सम्मानजनक हैसियतमा पार्टी एकिकरण हुनुपर्ने बताउदै आएको छ । बैठकले दलको विधान संशोधनको विषय अध्ययन गर्ने र त्यसपछिमात्रै पारित गर्ने निर्णय गरेको नेता शर्माले बताए ।
त्यस्तै बैठकमा सांसदले दलको सञ्चालन , संसद बैठकमा निभाउनुपर्ने भूमिका लगाएतका बिषयमा पनि अध्यक्ष दाहालले निर्देशित गरेको शर्माले बताए ।
प्रकाशित समय १६:५८ बजे

















