गृहपृष्ठ मकवानपुरमा पहिरोमा परी २ जना घाइते
मकवानपुरमा पहिरोमा परी २ जना घाइते
मकवानपुर थाहा नगरपालिका ७ स्थित डाँडाँबासमा पहिरो जाँदा दुई जना घाइते भएका छन् । लगातारको बर्षापछि गएको पहिरोमा परि डाँडाबासका विष्णु माया गोले र वेली गोले घाइते भएका हुन् ।
घाइते दुवै जनाको स्थानिय क्लिनिकमा उपचार भईरहेको छ । पहिरोले भुकम्प पीडित बस्दै आएको एउटा टहरोसमेत भत्काएको छ । सडक भत्किएर पहिरो खस्दा टहरो भत्किएको स्थानीय शिक्षक विश्णु वाइवाले जानकारी दिए ।
प्रकाशित समय १६:४१ बजे