गृहपृष्ठ धनकुटामा माइक्रोबस दुर्घटना, १७ जना घाइते, दुईको अवस्था गम्भीर

धनकुटामा माइक्रोबस दुर्घटना, १७ जना घाइते, दुईको अवस्था गम्भीर

accident-newskarobar

धनकुटा नगरपालिका–७ रमाइलो घुम्तीमा शुक्रबार बिहान माइक्रोबस दुर्घटना हुदाँ १७ जना घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ भने १५ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाकाले बताएको छ । यात्रु लिएर धनकुटाको हिलेबाट धरानतर्फ जादै गरेको को.१ ख. २८४७ नम्बरको माइक्रोबस ओरालोमा ब्रक फेल भई सडकमा दुर्घटना भएको थियो ।

गम्भीर घाइते धनकुटा नपा–६ की ५५ वर्षीय कमला भुजेल र गाडीका सहचालक पाख्रीवास नपा–५ का १८ वर्षीय सुरज तामाङको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित समय १३:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु