गृहपृष्ठ प्रदेश ४ अब गण्डकी
प्रदेश ४ अब गण्डकी

प्रदेश ४ अब गण्डकी प्रदेश भएको छ । शुक्रबार प्रदेशसभाले दुई तिहाई बहुमतका आधारमा प्रदेशको नाम गण्डकी राख्ने प्रस्ताव पास गरेको हो ।
गण्डकी प्रदेश नाम राख्ने पक्षमा ५४ मत परेको थियो भने विपक्षीमा दुई मत खसेको थियो । विपक्षमा मत राख्ने २ सांसदहरु नयाँ शक्ति पार्टीका हुन् । सभामुख नेत्रनाथ अधिकारीले मतदान गरेनन् भने जनमोर्चाका सांसद टेकबहादुर घर्ती अनुपस्थित थिए ।
सत्तारुढ दल नेकपामा गण्डकी कि तमुवान (मगरात) भन्ने बहस थियो । तर, बुधबार संसदीय दलले प्रदेशको नाम गण्डकी राख्ने प्रस्तावमा सहमति जुटाएको थियो ।
प्रकाशित समय २०:४५ बजे