गृहपृष्ठ जापानमा बाढि कारण मर्नेको संख्या ५०, अझै बढ्ने संकेत

जापानमा बाढि कारण मर्नेको संख्या ५०, अझै बढ्ने संकेत

japan badi-newskarobar

जापानको पश्चिमी भुभागको विभिन्न क्षेत्रहरुमा निरन्तर भैरहेको बर्षाका कारण आएको बाढि र पहिरोमा परि कम्तिमा ५० जनाले मृत्यु भएको छ ।

पहिरो तथा खोलामा पानीको उच्च बहावका कारण अन्य ५० जनाभन्दा बढि जना हराइरहेको आशंका गरिएको छ । मृतकहरुमध्ये धेरैजना पहिरोमा परि मर्नेहरु छन् ।

करिव ४ लाख ७२ हजार घरपरिवारलाई सुरक्षित स्थानमा जान भनिएको छ । त्यस्तै प्रभावित क्षेत्रहरुमा आत्मरक्षा दल, प्रहरी तथा अग्नि नियन्त्रक कर्मचारीहरु गरि ४८००० जना खटिरहेको समाचारमा उल्लेख छ ।

हराइरहेकामध्ये केहीलाई खोलाले बगाएको हुनसक्ने आशंका गरिएको छ । अन्य दर्जनौ व्यक्तिहरु सम्पर्कविहिन रहेको बिभिन्न संचारमा उल्लेख गरिएको छ ।

प्रकाशित समय २०:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु