गृहपृष्ठ प्रकृतिक विपदमा गम्भीर बन्न कांग्रेसको अपिल
प्रकृतिक विपदमा गम्भीर बन्न कांग्रेसको अपिल

नेपाली कांग्रेसले प्रकृतिक विपदमा गम्भीर बन्न सरकारलगायत सम्वद्ध सबै पक्षलाई अपिल गरेको छ । बिहिबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले बाढी, पहिरो र डुबानबाट मुलुकभर भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत र व्यवस्थापन गर्नका लागि सरकारलाई आग्रह गरेको छ ।
कांग्रेसले भक्तपुरको चाँगुनारायणमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै जीवन गुमाएकाहरुप्रति श्रद्धाञ्जली र परिवारजनहरुमा समवेदना प्रकट गरेको छ ।
प्रकाशित समय १८:३५ बजे