गृहपृष्ठ अछाममा ८ वर्षीया बालिका बलात्कृत
अछाममा ८ वर्षीया बालिका बलात्कृत

अछामको साफेबगरमा ८ बर्षिय बालिका बलात्कृत भएकी छिन् । आमा रोपाँई गर्न गएको मौका छोपेर साफेबगर नगरपालिका ११ देवीस्थानका २१ वर्षिय रेवन्त दासले बलात्कार गरेको पीडित परिवारले जनाएको छ ।
बालिका २ वर्षे बहिनी हेर्न बसेकी थिइन् । घरमा बहिनीलाई हेरेर बसेको बेला आएर पानी माग्ने निहुँमा बालिकालाई उसकै घरमा बलात्कार गरेको प्रहरीले जनाएको छ । घटना असार २० गते भए पनि प्रहरीमा उजुरी भने २८ गते मात्र गरेको हो ।
बालिकाको योनीमा घाउ भएर संक्रमण भएको छ । अहिले उनको उपचार भइरहेको छ । बलात्कारको आरोप लागेका रेवन्त परिवारसहित भागेर भारत गएको बताइएको छ ।
प्रहरीका अनुसार समयमै जानकारी नआएका कारण आरोपी भागेर भारत पुगेको छ । अछाम प्रहरीले आरोपी खोजी भइरहेको जानकारी दिएको छ । आरोपी भारतमा भएपनि थप प्रक्रियामा जाने प्रहरीले बताएको छ ।
प्रकाशित समय १७:०४ बजे