गृहपृष्ठ कांग्रेसले राजनीतिका लागि केसीको जीवनसँग खेलबाड गर्दैछ : प्रधानमन्त्री

कांग्रेसले राजनीतिका लागि केसीको जीवनसँग खेलबाड गर्दैछ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले निहित राजनीतिक उदेश्य पुरा गर्न डा. गोविन्द केसीको जीवनमाथि खेलबाड भएको बताएका छन् । मुख्य विपक्षी नेपाली काग्रेसप्रति संकेत गर्दै प्रधानमन्त्री ओलीले राजनीतिका लागि डा. केसीको जीवनसँग खेलबाड गर्ने काम भइरहेको बताएका हुन् ।

पोखरा विश्वविद्यालयको १९ औं साधरणसभामा बिहीबार बोल्दै प्रधानमन्त्री ओलीले यो क्रमलार्ई निरन्तरता दिए राम्रो नहुने समेत चेतावनी दिए । ‘राजनीतिका लागि उहाँको जीवनसँग खेलबाड भइरहेको छ । उहाँलाई अरुले घेरेर राखेका छन’ उने भने ।

केसीका नामका केहीले आफ्नो रोटी सेकेर खाइरहेको भन्दै त्यो अनुपयुक्त भएको उनको टिप्पणी थियो । डा. केसीको स्वास्थ्य सबैभन्दा महत्वपूर्ण भएको र त्यसका लागि सरकार गम्भीर रहेको उनले बताए । ‘उहाँ आफ्नो खुशीमा हुनुहुन्छ कि पराधिन ? उहाँको स्वास्थ्य बिग्रिएको छ । त्यो थाहा पाएर हामीले उपचारका लागि चिकित्सक पठाएका छौं,’ प्रधानमन्त्रीले भने, ‘तर बेडमा जानै नदिने । उपचार हुनै नदिने । वास्तवमा उहाँ आफ्नो खुशीमा हुनुहुन्छ कि पराधिन ?’

उनले चिकित्सकहरुको आन्दोलन मर्यादाबाहिरको भएकोसमेत बताए । ‘काम नै बिरामीको उपचार गर्ने हो । आफूलाई चिकित्सक भन्ने तर बिरामीको उपचार नगर्ने । यो अमर्यादित हो,’ प्रधानमन्त्रीले भने, ‘डाक्टरले आज बिरामीको उपचार गर्दिन, भोलि गर्छु भन्दा कयौंको ज्यान जान सक्छ । यस्तो काम उचित होइन ।’

प्रकाशित समय १७:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु